सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर बरहथवा–५ का जयशंकर शाहले ज्यान गुमाएका छन् ।
स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए ।
दर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको जनाएको छ ।
प्रहरीले भने १ जनाको ज्यान गएको खबर प्राप्त भए पनि पहिचान खुल्न नसकेको बताएको छ ।
तस्बिर : राजकरन चाैहानकाे फेसबुकबाट




















