×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखाका एककुमारी बस्नेतले फलाईन ९ किलोको एउटै काउली

  •  गोरखा समाचार
  • शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा नगरपालिका–७, काँडाघारी स्थित धारापानी एक किसानले ९ किलोको एउटै काउली फलाएकी छिन् । स्थानीय किसान एककुमारी बस्नेतले एउटै काउलीको थुङ्गा ९ किलोको फलाउन सफल भएकी हुन् । अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्वन मेला–२०८०’ को प्रर्दशनीमा राखिएको छ ।

    ‘‘काउली जोख्दा पुरै ११ किलोको थियो, कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख निलकण्ठ पोखरेलले भने, ‘‘डाँठ र पात गरी २ केजी घटाएर हिसाव गर्दा थुङ्गा मात्र ९ किलो भन्दा बढीको रहेको छ ।’’ प्रर्दशनीका लागि किसानले बोकेर ल्याउदा डाँठ र पातको सहित ११ किलो भएपनि डाँठ र पाताको तौल घटाएर हिसाव गर्दा ९ किलोको अनुमान गरी प्रर्दशनीमा राखिएको उनले बताए ।

    प्रमुख पोखरेलका अनुसार यो नेपालमा अहिलेसम्मकै सवैभन्दा ठूलो उत्पादन भएको काउली हाे । यसअघि बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा ८ किलो ८८० ग्रामको काउली फलाएका थिए ।

    करिब १ रोपनी क्षेत्रफलमा नियमित काउलीको व्यवसायिक खेती गर्दै आएका किसान बस्नेतको बारीमा अनुमानित ८ किलोग्राम भन्दा बढीका थुप्रै काउली उत्पादन भएको देख्न सकिन्छ । बारीमा उत्पादित काउली ठुलो भएका कारण बजारमा बिक्री गर्न समेत कठिनाई हुने गरेकाले ठुला काउली छिमेकमा नै बाडीचुँडी खाने गरेको उनले बताइन् ।

    गाेरखा सदरमुकामकी किसान एककुमारीले आफ्नाे बारीमा फलाएकाे ९ किलाेकाे एउटै काउली

    “बारीमा अहिले पनि ८ किलोभन्दा ठूला काउली धेरै नै फलेका छन्, बारीको सबैभन्दा ठूलो काउली टिपेर जोख्ने क्रममा ११ केजीको भएको पाइयो”, बस्नेतले भनिन, “लामो समयको मेहनत र परिश्रमका कारण राम्रो उत्पादन भएकोमा खुशी लागेको छ ।” काउलीको डाँठ र पात कटाएर ९ किलो भनिएको भएता पनि अझै बढी तौल भएको उनको भनाई छ ।

    कृषि क्षेत्रको निरन्तर मेहनत गर्दै आउनु भएकी किसान बस्नेतले मौसमी तथा बेमौसमी तरकारी खेतीमा गर्ने क्रममा यस पटक एउटै काउली ९ केजी भन्दाबढीको उत्पादन भएको जानकारी दिइन् ।

    कृषि ज्ञानकेन्द्र गोरखाले किसान बस्नेतको परिवारलाई बारीमा ठूलाठूला काउली फलेकाले ‘कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्वन मेला–२०८०’ को प्रर्दशनीमा सुझाव दिएकाले आफुहरुले बारीमा उत्पादित सवैभन्दा ठूलो काउली प्रर्दशनीमा पुर्याएको एककुमारीकी श्रीमान प्रलाद बस्नेतले बताए ।

    मेलामा प्रर्दशनमा राखिएकाे काउली देखाउदै कृषि ज्ञान केन्द्र गाेरखाका कर्मचारी

    ‘‘भक्तपुरे जातको काउलीलाई यो बर्ष हामी आफैले क्रस गरेर बिउ उत्पादन गरी लगाएका हौ, उनले भने, भदौमा रोपेको काउली अहिले टिपेर पुरै जोख्दा ११ केजी रहेको पाइयो, । मेलामा ज्ञान केन्द्रले प्रर्दशनमा राखेको उक्त काउली हेर्नेका अहिले भिड नै लागेको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, पुष २०, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.