गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूजी बाहिरीन नदिने र गाँउको उत्पादलाई बजारले समन्वय तथा सुदृढीकरण गरे मात्र मेला महोत्सव सफल हुने भएका छन् । उनले आज गोरखा सदरमुकाममा सुरु भएको ‘कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्वन मेला–२०८०’ को उद्घाटन गर्दै मेला महोत्सव सफल बनाउन त्यस्ता कार्य गर्न जरुरी भएको बताएका हुन् ।
मुख्यमन्त्री पाण्डेले ‘आफ्नो पूजी बाहिर जान नदिने तर बाहिरको पूजी यहाँ भित्राउनु पर्ने’ भन्दै उनले भने ‘गाँउको उत्पादनलाई बजारले समन्वय र त्यसलाई सुद्वीढीकरण गर्न सके मात्र मेलाको उद्वेश्य पुरा हुनेछ ।’
प्रमुख अतिथी पाण्डेले हाम्रा स्थायिन उत्पादनहरुलाई मेलाका माध्यमबाट कसरी बजार प्रर्वद्वन गर्ने ? सदरमुकाममा मात्र भई रहेको ब्यापारलाई गाँउसम्म कसरी पुरर्याउने ? गाँउको उत्पादित बस्तु बजारसम्म कसरी ल्याउने र त्यसलाई बजारीकरण गर्ने भन्ने बारेमा सोच्नु पर्ने दिन आएको भन्दै यो बारेमा गहिरीएर अध्ययन गर्न आवश्यक भएको बताए ।
यस्ता मेला महोत्सवमा पहिलो प्रार्थमिकता स्थानिय उत्पादनलाई दिनुपर्ने भन्दै त्यसको बजारीकरण पनि आवश्यक भएको बताए । उनले एक फरक प्रसंगमा आफु मुख्यमन्त्री हुदैमा गण्डकी प्रदेशको लागी गाँजा खेती र स्थानिय रक्सीलाई ब्राण्डीङ गर्ने बाचा गर्दै ति चिजको दुरुपयोगका बारेमा सरकार सचेत रहेको बताए ।
मुख्यमन्त्री पाण्डेले सोही कार्यक्रममा स्थानिय ४ जना ब्यापारीलाई दोसल्ला र प्रसंशा पत्र प्रदान गदैृ सम्मान गरेका थिए । गोरखा चेम्बर अफ कर्मशले आयोजना गरेको मेलामा थिरभत्त श्रेष्ठ, धिरजबहादुर मास्के, बद्री मास्के र मोहनलाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।


