गोरखा । गोरखा चेम्बरले आजदेखी आयोजना गरेको ‘कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्वन मेला–२०८०’ सुरु भएको छ । मेलाको पहिलो दिन बिहीबार गोरखा सदरमुकामको नयाँ बसपार्क खेलकुद मैदानसम्म विभिन्न झाँकी सहित रर्याली गरिएको थियो ।
जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटनको बिकासमा टेवा पुरर्याउने र कृषि लगायत स्थानिय उत्पादनको ब्यापार प्रबद्र्वन गर्ने उद्वेश्यका साथ मेलाको आयोजना गरिएको चेम्बर अफ कर्मश गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताए ।
मेलामा पहिलो पटक जिपलाइनको मज्जा लिन पाउने भएको छ । खेलकुद मैदानको कर्भडहल देखी मैदानको अन्तिम बिन्दुसम्म पुगिने गरी जिपलाइनको तार तान्ने काम पनि सकिन लागेको बरिष्ठ उपाध्यक्ष रामस्वरुप श्रेष्ठले बताए । उनका अनुसार जिपलाइन सेवा लिने प्रति ब्यत्ति २०० रुपैयाँ बुझाउनु पर्ने छ ।
मेला स्थल भित्र १२५ वटा विभिन्न प्रकारको स्टल रहको संस्थाका महासचिव विण्णु रानामगरले जानकारी दिए । उनका अनुसार जिल्लाको ११ वटा स्थानिय तहलाई १५ वटा, आदीबासी जनजातीका लागि मिनी संग्रालय १, घरेलु उत्पादन तथा स्थानिय परिकार र होटल तथा ब्यापार प्रयोगजनका लागी अन्य स्टलहरु रहने छन् ।
११ दिनसम्म चल्ने मेला २९ गते समापन हुने छ । मेला अवधिरमा करिब ४० हजार दर्शकले मेलाको अबलोकन गर्ने अनुमान गरिएको छ । सोही अवधीमा करिब ५ करोड बरावरको कारोवार हुने पनि अनुमान गरिएको छ ।
मेलाको उदघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने छ ।
चेम्बरले यस अघिका बर्षमा पनि चाढपर्व लक्षित २ वटा सस्तो दशैं मेला र १ वटा कृषि तथा ब्यापार प्रबद्र्वन मेला सम्पन्न गरी सकेको छ ।




























