काठमाणडौं । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्ट खेलमा पहिलो दिन नै कुल २३ विकेट गुमेको छ । बलर चम्किएको खेलमा पहिलो दिनको समाप्तिमा दक्षिण अफ्रिकाले दोस्रो पारीमा ३ विकेट गुमाएर ६२ रन जोडेको छ ।
दक्षिण अफ्रिका अझै पनि ३६ रनले पछि छ । पहिलो दिन नै दुवै टोली अलआउट भएपछि दोस्रो पारीको खेल शुरु भएको हो । भारतले पहिलो पारीमा ९८ रनको अग्रता लिएको थियो । दक्षिण अफ्रिकाका एडेन माक्ररम ५१ बलमा ६ चौकासहित सर्वाधिक ३६ रनमा र डेविड वेडिङ्घम ७ रनमा छन् ।
भारतका मुकेश कुमारले २ र जस्प्रित बुमराहले १ विकेट लिए । त्यसअघि भारत पहिलो पारीमा १५३ रनमा अलआउट भएको थियो । भारतका ७ खेलाडी शून्य रनमा आउट भए ।
केप टाउनमा टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिका ५५ रनमा अलआउट भएको थियो । यो भारतसँग कुनै पनि देशले टेष्ट क्रिकेटमा बनाएको कम रन हो । २ खेलको टेस्ट शृङ्खलामा दक्षिण अफ्रिका १–० ले अघि छ ।



