गोरखा । गोरखा चेम्बरले भोलीदेखी आयोजना गरेको ‘कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्वन मेला–२०८०’ तयारी अन्तिम चरणमा पुगेको छ । मेलाको तयारी तिब्र गतिमा गरिएको भन्दै आयोजक गोरखा चेम्बर अफ कर्मशका अध्यक्ष भाइचन्द्र श्रेष्ठले मध्य रातमा सबै तयारी पुरा हुने जानकारी दिए ।
जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटनको बिकासमा टेवा पुरर्याउने र कृषि लगायत स्थानिय उत्पादनको ब्यापार प्रबद्र्वन गर्ने उद्वेश्यका साथ मेलाको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
मेलामा पहिलो पटक जिपलाइनको मज्जा लिन पाउने भएको छ । खेलकुद मैदानको कर्भडहल देखी मैदानको अन्तिम बिन्दुसम्म पुगिने गरी जिपलाइनको तार तान्ने काम पनि सकिन लागेको बरिष्ठ उपाध्यक्ष रामस्वरुप श्रेष्ठले बताए । उनका अनुसार जिपलाइन सेवा लिने प्रति ब्यत्ति २०० रुपैयाँ बुझाउनु पर्ने छ ।
मेला स्थल भित्र १२५ वटा विभिन्न प्रकारको स्टल रहको संस्थाका महासचिव विण्णु रानामगरले जानकारी दिए । उनका अनुसार जिल्लाको ११ वटा स्थानिय तहलाई १५ वटा, आदीबासी जनजातीका लागि मिनी संग्रालय १, घरेलु उत्पादन तथा स्थानिय परिकार र होटल तथा ब्यापार प्रयोगजनका लागी अन्य स्टलहरु रहने छन् ।
११ दिनसम्म चल्ने मेला २९ गते समापन हुने छ । मेला अवधिरमा करिब ४० हजार दर्शकले मेलाको अबलोकन गर्ने अनुमान गरिएको छ । सोही अवधीमा करिब ५ करोड बरावरको कारोवार हुने पनि अनुमान गरिएको छ ।
मेलाको भोली एक कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उदघाटन गर्ने कार्यक्रम तय भएको आयोजक संस्थाले जानकारी दिएको छ ।
भोली गोरखा सदरमुकामको नयाँ बसपार्क देखी खेलकुद मैदानसम्म विभिन्न जातजातीको भेषभुषा सहितको झाँकी, विभिन्न जातजातीका साँस्कृतीक झाँकी र संघ संस्थाको पहिचान झल्कने गरी ब्यानर सहितको रर्याली हुने गोरखा चेम्बर अफ कर्मशले जानकारी दिएको छ ।
चेम्बरले यस अघिका बर्षमा पनि चाढपर्व लक्षित २ वटा सस्तो दशैं मेला र १ वटा कृषि तथा ब्यापार प्रबद्र्वन मेला सम्पन्न गरी सकेको छ ।



