×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

झापाका हात्तीपीडित घाइते ऋण खोजेर उपचार गर्दै

  •  गोरखा समाचार
  • बुधबार, पुष १८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रासस

    झापा । मेचीनगर–११ कालिका टोलकी ४२ वर्षीया सङ्गीता निरौला गहिरो निन्द्रामा हुनुहुन्थ्यो । ‘हात्तीले घरमा आक्रमण गर्यो भाग् भाग्’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि ब्युँझिएर पति मेघनाथ निरौलालाई डोर्याउँदै उहाँ कोठाबाट बाहिर निस्कनुभयो । कोठाबाट आँगन छिचोल्न नपाउँदै निरौला दम्पतीलाई जङ्गली हात्तीले आक्रमण गर्याे । सङ्गीताका पति मेघनाथ दुईवटै आँखा देख्नुहुन्न । हात्तीले दुवैलाई सुँढले बेरेर पछार्यो । भुइँमा ढलेका दम्पती बेहोस भए । हात्ती हिँडेपछि गाउँलेले नजिकको मेची आम्दा अस्पतालमा उपचारका लागि पुर्याए ।

    “आत्तिएर भाग्ने क्रममा थियौँ, अगाडि हात्ती उभिइरहेको रहेछ,” सङ्गीताले दुई साताअघिको घटनाबारे जानकारी दिँदै भन्नुभयो, “सुँढले च्याप्प समातेको थाहा छ, त्यसपछि एकैचोटि आम्दा अस्पतालमा मात्र हाम्रो होस खुलेको थियो ।”

    हात्तीको आक्रमणमा मुस्किलले ज्यान जोगाएका निरौला दम्पतीले ऋण खोजेर उपचार गराउनु परेको बताएका छन् । आफ्नो जग्गा नभएका उहाँहरु झापाकै एउटा विद्यालयको १७ धुर जग्गामा वार्षिक ठेक्का तिर्ने सर्तमा बस्दै आउनुभएको छ । टिनले छाएको भुइँतले दुई कोठाको घर छ । मेघनाथ न्यून दृष्टिका कारण दुवै आँखा देख्न सक्नुहुन्न । सङ्गीताले नजिकको कालिका सिमसार पर्यटकीय क्षेत्रमा चटपटे बेचेर दम्पतीको गुजारा चलाइरहनु भएको छ ।

    “आँखा नदेख्ने भएकाले मैले उहाँ ९मेघनाथ०लाई डोहोर्याएर कोठाबाट बाहिर निकालेको थिएँ,” सङ्गीताले भन्नुभयो, “हात्तीले आँगनमै झम्टेला भन्ने कल्पना पनि गरेका थिएनौँ, धन्न बाँचियो ।”

    धुलाबारीको मेची आम्दा र भद्रपुरको ओमसाई पाथीभरा हस्पिटलमा उपचार गरेर निरौला दम्पती अहिले घरमै बसेर औषधि खाइरहेका छन् । सङ्गीताको कम्मर र मेरुदण्डमा असर परेको छभने दुवै खुट्टाको लिगामेन्ट च्यातिएको चिकित्सकहरुले बताएका छन् । मेघनाथको खुट्टामा भित्री चोट छ ।

    अस्पतालमा पुग्दा चटपटे बेचेर कमाएको रु पाँच सय मात्र थियो सङ्गीताका साथमा । गाउँलेसँग रु २६ हजार सापटी मागेर अस्पतालको उपचार खर्च व्यहोरेको उहाँले बताउनुभयो । अस्पतालमा लामो बस्दा खर्चको बिल बढ्ने भएकाले अहिले उहाँहरु घरमै आएर ओछ्यान पर्नुभएको छ । हिँड्डुल गर्न नसक्ने भएकाले चटपटे बेच्न जान नपाउँदा दैनिक गर्जो टार्नै मुस्किल परिरहेको सङ्गीताको भनाइ छ ।

    निरौला दम्पती जस्तै हात्तीपीडित घाइतेहरु उपचारमा ठूलो धनराशि खर्च भएका कारण बिचल्लीमा परेका छन् । उपचार सहयोग पाउन सरकारी अस्पतालमा उपचार गराएको हुनुपर्ने नियमप्रति पीडितहरु असन्तुष्ट छन् ।

    मेचीनगर–२ बाहुनडाँगीका ४२ वर्षीय गोपाल रिजाललाई गत कात्तिक १९ गते घाँस काट्न जाँदा जङ्गली हात्तीले आक्रमण गरेर गम्भीर घाइते बनायो । उहाँको छातीको १० वटा करङ भाँचिएको थियो भने फोक्सोमा रगत जमेको थियो ।डेढ महिना विर्तामोडको बी एन्ड सी हस्पिटलमा उपचार गराएपछि ह्विलचियरमा बस्न सक्ने हुनुभएको उहाँ हालै अस्पतालबाट घर फर्किनुभएको छ । उहाँको उपचारमा रु २२ लाख खर्च भएको छ । एककोठे सानो झुपडीमा बस्दै आउनुभएको उहाँसँग उपचार खर्च व्यहोर्ने सामथ्र्य थिएन । दुई भाइले विदेशमा कमाएर घर बनाउने भनेर ल्याएको रकम उहाँको उपचारमा खर्च गरिएको छिमेकी कल्याण काफ्लेले बताउनुभयो । “गाउँमा तीन लाख जति चन्दा उठ्यो,” काफ्लेले भन्नुभयो, “वैदेशिक रोजगारीबाट भर्खरै फर्किएका भाइले ल्याएको सबै रकम लगाउँदा पनि नपुगेपछि आफन्त र छिमेकीहरुबाट ठूलो रकम ऋण लिइएको छ ।”

    विदेशमा कमाएको सबै सम्पत्ति दाजुको उपचारमा खर्चिएका भाइहरुको पनि बिचल्ली भएको उहाँले बताउनुभयो । कुनै पनि सरकारी कोषबाट उहाँले हालसम्म उपचार सहयोग पाउनुभएको छैन ।

    विगत दुई महिनामा झापामा हात्तीको आक्रमणमा चारजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउनुभयो । सरकारले वन्यजन्तुको आक्रमणमा मृत्यु भएकालाई रु १० लाख दिने र घाइते भएमा अवस्था हेरेर रु २० हजारदेखि रु दुई लाखसम्म उपचार खर्च व्यहोर्ने गरेको छ । घाइतेको उपचार खर्च पाउन सरकारी अस्पतालमा उपचार गराएको हुनुपर्ने नियम छभने अस्पतालको बिल भरपाईसहित निवेदन दिएको लामो समयपछि मात्र उपचार रकम पीडितले पाउने गरेका छन् ।

    हात्तीले आक्रमण गरेको ३५ दिनभित्र पीडितले डिभिजन वन कार्यालयमा उपचारको बिलसहित निवेदन दिइसक्नुपर्ने राईले बताउनुभयो । बालीको क्षति पनि सरकारले व्यहोर्ने गरेको छ । सरकारले ढिलो र झन्झटिलो प्रक्रियाबाट रकम उपलब्ध गराउने भएकाले विपन्न परिवारका पीडितले बेलैमा उपचार नपाउने अवस्था आएको हात्तीपीडित मेचीनगर–२ का कल्याण काफ्ले बताउनुहुन्छ । स्थानीय पालिकाबाटै छिटोछरितो तरिकाले हात्तीपीडितलाई उपचार सहयोग पुर्याउन राहत कोष वितरणको व्यवस्था हुनुपर्ने उहाँको धारणा छ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    बुधबार, पुष १८, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.