गोरखा । गोरखाको आँपपिपलमा आयुवैद घुम्ती शिविर सम्पन्न भएको छ । पालुङटार नगरपालिका आयुवैद शाखाको आयोजनामा मंगलबार डुम्रेडाँडामा भएको शिविरबाट विभिन्न रोगका २५० जनाले सेवा लिएको आयुवैद शाखाले जानकारी दिएको छ ।
शिविरमा आँखा जाँच पनि गरिएको थियो । आयुवैद तर्फ १३६ जनाले सेवा लिएका थिए भने आँखा जाँच तर्फ ११४ जनाले सेवा लिएको नगरापकिाले जानकारी दिएको छ ।
शिविरमा आयुवैद तर्फ ९४ जना महिला र ४२ जना पुरुष तथा आँखा जाँच तर्फ ७१ जना महिला र ४३ जना पुरुषले सेवा लिएका थिए । सेवा लिएका मध्ये १० जनाको आँखामा मोतियाँ बिन्दु देखिएको भन्दै शल्य क्रियाकोलागि सिफारीस गरिएको आयुवैद शाखाका प्रमुख हितकाजी श्रेष्ठले जानकारी दिए ।
शिविर वडा नम्बर ३ को शहरी स्वासथ्य केन्द्रमा आयोजना गरिएको थियो । १० वटा वडा रहेको पालुङटारमा सबै वडामा घुम्ती शिविर सञ्चालन गर्ने तयारी अन्तरर्गत आउदो पौष २३ गते सोमबार वडा नम्बर ८ को धुवाकोटमा आयोजना गरिएको पनि आयुवैद शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।





















