×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको पन्द्रुङमा युद्ध सङग्राहलय !

  •  गोरखा समाचार
  • मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको वारपाक सुलिकोट गाउँपालिका–८ स्थित पन्द्रुङ माओवादी जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएका प्रथम शहीद दिलबहादुर रम्तेलको गाउँ हो । गाउँपालिकाको केन्द्र ताकुकोट नजिकै पर्ने पन्द्रुङमा मनमोहक देखिने जराङ डाँडा रहेको छ । करिव ८ रोपनी ६ आना क्षेत्रफलमा फैलिएको त्यहीँ डाँडा अहिले जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको सम्झनामा शहीद स्मृति पार्कको रुपमा विकास भएको छ ।

    ध्याम्पेसाल–ताकुकोट सडकखण्डको छेवैमा पर्ने शहीद स्मृति पार्कलाई अव शहीद स्मृति पार्कमात्र नभएर युद्ध सङग्राहलयको रुपमा विकास गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिए । पार्क निर्माणको काम सम्पन्न नहुँदै हजारौ आन्तरिक तथा बाह्य पर्यटक दिलबहादुर रम्तेल स्मृति पार्कको अवलोकन गर्नका लागि त्यहाँ पुगेका छन् ।

    पार्क भित्र जनयुद्धकालिन समयमा तत्कालिन माओवादी जनमुक्ति सेनाले प्रयोग गरेका हातहतियार, सञ्चार सामग्री तथा ऐतिहासिक दस्तावेजहरु समेत प्रर्दशनीका लागि राख्न लागिएको उनले बताए । ‘‘लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि महान जनयुद्धमा भएका वलिदानीलाई अध्ययन गर्न पाउने सङग्राहलयको रुपमा स्मृति पार्कलाई युद्ध सङग्राहलयको रुपमा विकास गर्न लागिएको छ, उनले भने,‘‘अव छिट्टै बाँकी रहेका काम सम्पन्न गरिनेछ ।’’

    नयाँ पुस्तालाई युद्ध सम्बन्धि इतिहासको चित्रण गराउन, जनयुद्धको सुरुवात, युद्ध र शान्ति सम्झौताको चित्रण गराउन समेत युद्ध सङग्राहलयले भूमिका खेल्ने अध्यक्ष भट्टको भनाई छ । युद्ध सङग्राहलयमा जनयुद्धकालिन इतिहास अध्ययन गर्न भिडीयो कक्ष लगायत ई–लाइब्रेरी समेत राखिने छ भने तत्कालिन जनमुक्ति सेनाले प्रयोग गरेका ड्रेस, ड्रेस कोड, तत्कालिन समयमा सम्वाद गरिएका पत्रहरु पनि रहने छन् ।

    जनयुद्धकालिन सवै इतिहासलाई समेट्ने गरी सामग्रीहरु खोजी गरी संकलन गरेर सङग्राहलयमा राख्ने तयारी गरिरहेका छौ, उनले भने, त्यसवाहेक पार्क भित्र पोखरी, भ्यूटावर समेत रहने छ ।’’ पार्कमा जनयुद्धका क्रममा ज्यान गुमाएका गोरखा जिल्लाका सवै शहीदहरुको नाम शिलालेखमा राखिएको छ ।

    ‘‘शहीद स्मृति पार्कमा घुम्न, हेर्न र अध्ययन गर्नका लागि जिल्ला भित्र र वाहिरबाट समेत पर्यटक यहाँ आउने गरेका छन्, उनले भने, ‘‘यसले जनयुद्धको इतिहासलाई जीवन्न बनाइराख्न मात्र नभएर वारपाक सुलिकोट गाउँपालिकामा भित्र पर्यटक भित्र्याउन समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।’’ पार्कभित्र टिकट काउन्टर निर्माण गरिएको छ भने पिकनिक स्पोर्ट निर्माण गर्ने योजना सहित ठुलाठुला चौरहरु समेत निर्माण गरिएको छ ।

    पार्क भित्र प्रथम शहीद दिलबहादुर रम्तेलको शालिक समेत निर्माण गरिएको गाउँपालिकाका इन्जिनियर अभिनव गौतमले जानकारी दिए । पार्कलाई युद्ध सङग्राहलयको रुपमा विकास गर्दै थप व्यवस्थापन गर्नका लागि गाउँपालिकाले गण्डकी प्रदेश संङग्राहलयका प्रतिनिधि लगायतका सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया समेत गरेको छ ।

    ‘‘पार्क निर्माण सम्पन्न गर्नका लागि करिव ८ करोड रुपैया लाग्ने अनुमान सहित डिपिआर तयार गरी निर्माण कार्य सुरु भएको थियो, इन्जिनियर गौतमले भने,‘‘अहिलेसम्म लगभग ५ करोड रुपैयाको हाराहारीमा पार्क निर्माण भइरहेको छ ।’’ पार्क निर्माण सम्पन्न भएपछि पार्कमा सहुलियत दरमा टिकट शुल्क व्यवस्था गरी पार्कको अवलोकन र युद्ध सङग्राहलयको अध्ययनको गर्ने व्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.