बझाङ । जिल्ला सदरमुकाम चैनपुर नजिक जेसिवी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । गए राति १० बजे पुरानो बसपार्कमा डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिए ।
सूचना अधिकारी चौधरीका अनुसार दुर्घटनामा चालकको घटना स्थलमा नै ज्यान गएको हो । जेसीबी बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा सडकबाट २० मिटर तल खसेको थियो ।
चालक कठायत सोही जेसिवीले च्याप्दा घटनास्थलमै ज्यान भएको हो । मृतक कठायतको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।


