गोरखा । गोरखाको छोप्राक, कटरबारीमा नाबालिकालाई यौन दुरर्ब्यवहार गरेको आरोपमा १ जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरानचोक गाँउपालिका–५ कटरबारीकै ३७ बर्षिय नवराज घिमिरे भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार पक्राउ परेका घिमिरेले नाबालिकाको संवेदनशिल अंगहरुमा समाती यौन दुरर्ब्यवहार गरेको हो । घिमिरले स्थानिय १३ बर्षिया बालिका ‘प कुमारी’ (नाम परिवर्तन) लाई यौन दुरर्ब्यवहार गरेको भन्दै बालिकाकी आमाले प्रहरीले उजुरी दर्ता गराएका थिए ।
मुद्वा दर्ता भए लगत्तै प्रहरीले घिमिरेलाई पौष १५ गते आइतबार पक्राउ गरेको गोरखा प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका घिमिरेलाई १६ गते सोमबार बालयौन दुरुपयोग कसुर शिर्षकमा मुद्वा दर्ता गरी सोही दिन नै गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागी म्याद थप गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
घिमिरेलाई प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालेको पनि प्रहरीले जनाएको छ ।



