गोरखा । उत्तरी गोरखाको कल्लेरीबाटआत्महत्या गर्न दुरुत्साहन गरेको कसुरमा १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरुघाट गाँउपालिका–६ आरुआरबाङको कल्लेरीकी ४५ बर्षिया मंगली बिक भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
सुचना अधिकारी श्रेष्ठका अनुसार सोही स्थानमा बस्ने ४५ बर्षका जिरबहादुर गुरुङलाई विभिन्न तरहले मानसिक यातना दिएर आत्माहत्या गर्न बाध्य पारेको भन्दै मृत्तकका आफन्तले प्रहरीले जाहेरी दिएका कारण बिकलाई पक्राउ गरी अनुसन्धान थालिएको हो ।
जिरबहादुरले गएको बिहीबार अर्थात पौष १२ गते कल्लेरीमा नै खनायो रुमा नाईलनको डोरीले पासो लगाएर आत्मा गरेका थिए । पक्राउ परेकी मंगलीले जिरबहादुरलाई आत्माहत्या गर्न बाध्य पारेको आरोपमा गएको शुक्रबार पक्राउ गरीएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकी मंगली बिकलाई आत्महत्या गर्न दुरुत्साहन दिन हुने कसूर शिर्षकमा मुद्वा दर्ता गरी पौष १६ गते सोमबार गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागी म्याद थप गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
उनलाई प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ ।


