×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको मनास्लु पदमार्गमा अहिलेसम्मकै सर्वाधिक पर्यटक, १ बर्षको अवधीमा करिब १० हजारले गरे भ्रमण

  •  गोरखा समाचार
  • सोमबार, पुष १६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । उत्तरी गोरखाको मनास्लु पद मार्गमा अहिलेसम्मकै सर्बाधिक विदेशी पर्यटकले यात्रा गरेका छन् । अग्रेजी बर्ष सन २०२३ को १ बर्षे अवधीमा करिब १० हजार पर्यटकले मनास्लु पदमार्गको यात्रा गरेको मनास्लु संरक्षण क्षेत्र आयोजनाका आयोजना प्रमुख सन्तोष शेरचेनले बताए ।

    ‘अग्रेजी बर्ष २०२३ को हिजो अन्तिम दिनसम्म ९ हजार १६६ जना विदेशी पर्यटकले पदमार्गको यात्रा गरेको’ भन्दै आयोजना प्रमुख शेरचनले भने, ‘यो अहिलेसम्मकै सर्वाधिक पर्यटकको संख्या हो ।’ उनका अनुसार सन २०२२ मा ६ हजार १०२ जना पर्यटक उत्तरी गोरखा पुगेका थिए ।

    रेटिकेटेट एरिया भएका कारण पर्यटकले मनास्लु पदमार्ग जानका लागी कडा कानुनी ब्यवस्था अपनाउनु पर्ने हुन्छ । उत्तरमा विशाल चिनसंग सिमाना जोडिएको र सामारिक महत्व भएका कारणले पनि विदेशी पर्यटक यो पदमार्ग जान लालायित हुने गरेको गोरखा सदरमुकाममा रहेको आयोजनाको कार्यालयले जनाएको छ ।

    कार्यालयले दिएको जानकारी अनुसार सन २०१८ मा ७ हजार ६५४ जना पर्यटकले यो पदमार्ग हिडेका थिए भने सन २०१९ मा घटेर ७ हजार ५५५ जनाले मात्र यात्रा गरेका थिए ।

    विश्वभर फैलिएको कोरोना महामारीका कारण यस क्षेत्रमा आउने पर्यटकको संख्या ह्वात्तै घटेर सन २०२० मा ३७४ जना, सन २०२१ मा ९२५ जनाले यात्रा गरेकोमा सन २०२२ मा यो संख्या सातगुणाले बढेर ६ हजार १०२ जनाले यात्रा गरेका थिए ।

    विश्वमाझ चर्चा कमाउदै गएको यो पदमार्गमा सन २०२४ मा १२ हजार विदेशी पर्यटकले यात्रा गर्ने अनुमान गरिएको आयोजना प्रमुख सन्तोष शेरचनले बताए ।

    यो पदमार्ग भएर चुम भ्याली तर्फ विश्वकै सर्वाधिक चर्चित श्रृंगी हिमाल, राजेन र मु गुम्बा अबलोकन गर्न सकिन्छ भने नुब्री भ्याली तर्फ कल्छुमन (काल) ताल, विश्वको आठौ अग्लो मनास्लु हिमाल, बिरेन्द्र ताल तथा लार्के पास गरेर मनाङ जान सकिन्छ । दुवै क्षेत्रमा हिम चितुवाका साथै नाउर, घोरल, डाँफे, मुनाल र चौरी हेर्न सकिन्छ ।

    यता चुम भ्याली तर्फको श्रृंगी हिमाल भर्जिन हिमाल भएको र योगाभ्यासका लागी विदेशी पर्यटकहरु आउने मुख्य थलो हो । विदेशी पर्यटकले यो क्षेत्रको भ्रमणमा आउन प्रति ब्यत्ति ३ हजार रुपैयाँ राजश्व तिनुपर्ने हुन्छ । यो क्षेत्रमा जाने स्वदेशी पर्यटकको भने कार्यालयले तथ्यांक राख्ने गरेको छैन ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, पुष १६, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.