काठमाडौं । गएराती सिन्धुपाल्चोकको लासिकोट केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १० बजेर २१ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो । यो भूकम्प २०७२ सालको गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।


