काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर ज्यान गुमाएका २ युवकको परिवारलाई सरकारले जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । उक्त रकम दिने निर्णय आज बसेको मन्त्रिपरिषद बैठकले गरेको हो ।
त्यस बाहेक पनि परिवारले मृत्तकको अन्तिम संस्कारका लागि शव सोही स्थानमा उपलब्ध गराउने निर्णय भएको छ ।
पानी जहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमुलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा २ जनाको ज्यान गएको थियो ।


