साँकेतिक तस्बिर
गोरखा । गोरखा बजारमा आज बिहानै करेन्ट लागेर १ जना युवक गंभिर घाईते भएका छन् । करेन्ट लागेर अजिरकोट गाँउपालिका–४ सिम्जुङका २१ बर्षिय उत्तम गुरुङ भएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
गुरुङ शनिबार बिहान ६ बजे गोरखा नगरपालिका–६ को सतिपिपल मैदानमा करेन्ट लागेको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठलका अनुसार दाउरा लान प्रयोग गरिएको ट्रकमा तारले छोएपछी हटाउन जाने क्रममा करेन्ट लागेको थियो ।
गुरुङलाई तत्कालै प्रहरीले उद्वार गरी गोरखा अस्पताल ल्याएकोमा यहाँ उपचार हुन नसेके पछी थप उपचारको लागी भरतपुर पठाइएको छ । गुरुङको २५ प्रतिशतभन्दा बढी शरिर जलेको प्रहरीले जनाएको छ ।
घाईते गुरुङ ना. ४ ख ९०६३ नम्रबरको ट्रकका सहचालक भएको गोरखा प्रहरीले जानकारी दिएको छ ।


