बाजुरा । जिल्लाको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै ज्यान गएको छ ।
ज्यान गुमाउनेमा खप्तड छेडेदह गाउँपालिका–६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले पुष्टी गरेको हो ।
घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से. १ ज ९८९ नंम्बरको जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए ।
उनका अनुसार जिपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खोलामा खसेको प्रहरीले छ । घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको जानकारी दिएको छ ।




















