खलङ्गा । दार्चुलामा आगोले जलेर ४ महिनाको शिशुको ज्यान गएको छ । नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार रणवीर टमटाको घरमा आगलागी हुदाँ उनका ४ महिनाका छोरा विजयको ज्यान गएको हो ।
विद्युत चुहावट भएर टमटाको घरमा आगलागी भएको हो । उनको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । प्रहरी र स्थानीयले आगो निभाएका थिए ।


