गोरखा । उत्तरी गोरखाको थुमीका २ बालकलाई पालुङटारको माझटारमा बेवारिसे अवस्थामा उद्वार गरिएको छ । उद्वार गरीएका दुवै बालकलाई मानव सेवा आश्रम गोरखामा राखिएको मुना मानवसेवाले जानकारी दिईन ।
उनका अनुसार पालुङटार नगरपालिका–५ ठाँटीपोखरीमा लामो समयदेखी वेवारिसे अवस्थामा बस्दै आएकाले ईलाका प्रहरी कार्यालयले उद्वार गरी जिल्ला प्रहरी कार्यालय गोरखा मार्फत आश्रमलाई बुझाइएको हो ।
आरुघाट गाँउपालिका–४ थुमी घर बताउने दुई बालक १० बर्षका राम र लक्ष्मण मगर भएको पुष्टी भएको छ । उनीहरु दुवै जमल्याह बच्चा भएको पनि पुष्टी हुन आएको छ ।
बालकका बुवा सानो हुदा नै मृत्यु भएको र आमा र २ जना दिदी पनि रहेको बुझन आएको छ । २ जना दिदी मध्ये १ जना नेपाली सेनामा रहेको र अर्का १ जनाको भने मामा घरमा बसेर अध्ययन गरी रहेको भन्ने बुझन आएको पालुङटार नगरपालिकाकी उमप्रमुख बन्दना पाण्डेले जानकारी दिएको भन्दै मुना मानव सेवाले जानकारी दिईन ।


