गोरखा । गोरखाको बुंकोटमा ब्यवसाय गर्दै आएका कमल दिन मियाँको भिरबाट लडेर ज्यान गएको छ । गोरखा नगरपालिका–४ फिनाम घर भएका मियाँ लामो समयदेखी शहिद लखन गाँउपालिका–७ को बुंकोट लाहुरेटोलमा ब्यवसाय गर्दै आएका थिए ।
हिजो (मंगलबार) दिउसो अचानक हराएका मियाँ घर नजिकै रहेको भिरबाट लडेर सडकको नालामा मृत्त फेला परेका थिए । उनी दिउसो १ बजेतिर हराएको भन्दै उनका आफन्त र छरछिमेकीले ब्यापक रुपमा खोजतलास गरेका थिए ।
ब्यवसाय गर्दै आएको घर पछाडीको भिरबाट खसेका उनी १०० मिटर तल रहेको कच्ची सडकको नालामा साँझ ५ बजे मात्र मृत्त फेला परेका थिए ।


