पोखरा । पोखरामा गएराति कारको ठक्करबाट २ जना पैदलयात्रीको ज्यान गएको छ । पोखरा महानगरपालिका–५ को पर्स्याङमा बा १३ च ३७२१ नम्बरको कारको ठक्करबाट २ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको हो ।
ज्यान गुमाउनेमा बाग्लुङ ढोरपाटन घर भइ पोखरा महानगरपालिका–३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान खुल्न बाँकी रहेका अर्का १ जना पुरुष रहेका छन् ।
दुर्घटनामा गंभिर घाइते दुवैजनाको अस्पतालमा ज्यान गएको हो । दुर्घटनापछि कार चालक फरार रहेका छन् । कार भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।




















