गोरखा । आसन्न राष्ट्रिय सभा निर्वाचनको लागी गोरखा काँग्रेसले १६ जना आकांक्षीहरुको नाम प्रदेशमा सिफारीस गरेको छ । माघ ११ गते हुने निर्वाचनको लागी सोमबार पार्टी कार्यालयले १६ जनाको नाम प्रदेशमा सिफारीस गरेको हो ।
सदरमुकामको तिनधारेमा सोमबार भएको पार्टीको बैठकले निवेदन परेका सबै जनाको नाम प्रदेशमा पठाउने निर्णय गरेको नेपाली काँग्रेस गोरखाले जानकारी दिएको छ ।
काँग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागी ३ फरक शिर्षकमा आवेदन माग गरेको र आवेदन परेका सबैका नाम प्रदेशको लागी सिफारीस गरिएको सचिव किशोरजंङ थापाले जानकारी दिए । उनका अनुसार अन्य, महिला र अल्पसंख्या एवं अपाङ शिर्षकमा ३–३ जनाको नाम सिफारीस गर्ने भनियता पनि सबैको नाम प्रदेश पठाएको हो ।
आवेदन परेका मध्ये अन्यमा चिनकाजी श्रेष्ठ, अब्दुल सतार मियाँ, जिवनप्रेम श्रेष्ठ, किरणबावु श्रेष्ठ, विश्वदेव श्रेष्ठ, मोहनप्रकाश पोखरेल, पूर्णबहादुर दाहाल, कृण्णबहादुर आले र युवराज बस्ताकोटी रहेको पार्टी कार्यालयले जानकारी दिएको छ ।
त्यस्तैगरी, अल्पसंख्यक तथा अपाङमा हरीबहादुर घले, हरीबहादुर गान्धारी, दिपक हमाल र जगत बराम रहेका छन् भने महिला तर्फ मनकुमारी गुरुङ, रविकला खनाल र कमला लामिछानेको निवेदन परेको पार्टी कार्यालयले जनाएको छ ।


