विराटनगर । मोरङ जिल्ला कारागारका १ जना कैदी बन्दीकाे ज्यान गएको छ । लेनदेनसम्बन्धी ठगी मुद्दामा कैद सजाय भोगिरहेका विराटनगर महानरपालिका–१० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज विहान ज्यान गएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोमबार बिहान उपचारका लागि कोशी अस्पतालमा लगिएको थियो । २ दिनदेखि सोही अस्पतालमा उपचार गराइरहेका उनको बिहान ज्यान गएको कारागार प्रशासनले जनाएको छ ।
सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए । लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिन २२ दिन कैद सजाय तोकेको थियो ।
अदालतले उनका लागि तोकेको कैद सजाय आजै सकिँदै थियो । सजाय सकिने दिन नै उनको ज्यान गएको हो ।



