साँकेतिक तस्बिर
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टि–२० महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितको लागि १३० रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १२९ रनको योगफल बनाएको हो ।
कोशीका लागि कप्तान रुबीना क्षेत्रीले सर्वाधिक ५७ रनको योगदान दिइन् । उनले ६४ बल खेल्दै ९ चौकाको मद्दतमा ५७ रनको योगदान गरेकी हुन् ।
त्यस्तै अप्सरी बेगमले ३९ रन बनाइन् । उनले ४१ बलमा ७ चौकाको मद्दतमा ३९ रन बनाएकी हुन् । सबनम राईले अविजित १६ रन जोडिन् । उनले ८ बलमा २ चौकाको सहायताले १६ रन जोडेकी हुन् ।
त्यसैगरी लकिता राजबंशीले ६ तथा नमिता श्रेष्ठले अविजित २ रन बनाइन् । बलिङतर्फ मधेश प्रदेशकी मीना महतोले २ विकेट लिइन् भने पूजा महतो र सरस्वती चौधरीले समान १–१ विकेट झारिन् । मधेश प्रदेस अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।



