गोरखा । गोरखा सदरमुकाममा आयोजित लोक नृत्य प्रतियोगितामा लक्ष्मी बजारका लक्ष्मी सामुदायिक शिक्षा सदन पहिलो भएको छ । प्याब्सन गोरखाको आयोजनामा भएको ‘प्याब्सन लोक नृत्य प्रतियोगिता–२०८०’ मा उक्त बिद्यालय पहिलो भएको हो ।
सोही बिद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा जिल्ला भित्रका ११ निजि बिद्यालयले सहभागिता जनाएको प्याब्सन गोरखाले जनाएको छ । प्रतियोगितामा सहभागी भएका बिद्यालय मध्ये सदरमुकामको ओल्ड क्यापिटक मावि रानिबन दोस्रो र पालुङटारको मोर्डन बोर्डिङ स्कुल तेस्रो हुन सफल भएको थियो ।
विजयी भएको बिद्यालयका छात्रा छात्रलाई प्रमुख अतिथी प्याब्सन गण्डकी प्रदेशका उपाध्यक्ष सिताराम तिवारी र जिल्ला शिक्षा बिकास समन्वय समितिका प्रमुख सुवासचन्द्र आचार्यले संयुत्त रुपमा नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरेका थिए ।
प्याब्सन गोरखाका अध्यक्ष कमल थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिजेतालाई क्रमश. १० हजार, ७ हजार र ५ हजार नगद प्रदान गरिएको थियो ।
प्रतियोगितामा पहिलो हुन सफल लक्ष्मी सामुदायिक शिक्षा सदनको समूह अब शिधै प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुन पाउने पनि अध्यक्ष थापाले जानकारी दिए ।




