×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

रास्वपा सांसदले गरे निर्वाचन क्षेत्रका जनतासँग सार्वजनिक सुनुवाई

  •  गोरखा समाचार
  • शनिबार, पुष ०७, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का काठमाडौं निर्वाचन क्षेत्र नं ६ र ७ का जनप्रतिनिधिले आफ्नो क्षेत्रका जनतासँग पहिलो सार्वजनिक सुनुवाई गरेका छन् । रास्वपा काठमाडौंका प्रतिनिधिले निर्वाचन क्षेत्रबाट चुनिएर संसदमा पुगेको १ वर्ष पूरा भएको उपलक्ष्यमा आफूले गरेका कामबारे जनतालाई बुझाउन र उनीहरुको समस्या, गुनासो सुन्न निर्वाचन क्षेत्रमा आज सुनुवाइ गरेको हो ।

    आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी काठमाडौं क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सांसद बनेका शिशिर खनालले जनताको गुनासो सुन्ने औपचारिक माध्यमको रुपमा सार्वजनिक सुनुवाइ गरेको बताए । उनले आफूले निर्वाचन क्षेत्रको कतिपय समस्या समाधान गरेको र कतिपय विकास निर्माणको काममा देखिएको समाधान गर्न पहल गरेको बताएका छन् । जनतासँग घरदैलोमा सुनेका समस्या जति सबैलाई समाधान गर्न नसकेको उल्लेख गर्दै त्यसका लागि इमान्दार प्रयास भने जारी राखेको उनको भनाई छ ।

    ‘मैले संसदमा यहाँहरुको आवाज बन्ने प्रयास गरेको छु । विकास निर्माणको कुरामा यहाँहरुसँग मिलेर पुलको रुपमा काम गर्ने प्रयास गरेको छु । तर, त्यसका बाबजुद पनि मलाई के थाहा छ भने तपाईहरुका अत्यन्त धेरै समस्याहरु छन् । सिमित स्रोत साधनका बाबजुद पनि हाम्रो प्रयासले तपाइका सबै समस्या र आवश्यकतालाई हामीले पूरा गर्न सकेका छैनौ । त्यसैले हामीले प्रत्यक्ष रुपमा कार्यकारी भूमिकामा रहनुभएका व्यक्तिहरुसँग बाँड्ने प्रयास गरेका छौं ।’

    कार्यक्रममा काठमाडौं जिल्लाको कार्यकारी भूमिकामा रहेका स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायका अधिकारीहरुलाई सहभागी गराइएको थियो ।

    यस्तै काठमाडौं क्षेत्र नं ७ बाट प्रतिनिधि सभामा निर्वाचित अर्का सांसद गणेश पराजुलीले संसदमा आफूहरुले कानून निर्माणदेखि सरकारलाई जनउत्तरदायी बनाउने कार्यमा सांसदको रुपमा भूमिका खेल्दै आएको उल्लेख गर्दै स्थनीय सरकारलाई प्रभावकारी बनाउन जनता आफैंले पनि खबरदारी गर्न जरुरी भएको बताए । उनले स्थानीय निकायका वडा देखि नगरप्रमुख सम्मलाई जनताको पक्षमा प्रभावकारी काम गर्न गराउन सार्वजनिक सुनुवाइका लागि खवरदारी गर्न, विकास निर्माणमा सहभागीता जनाएर प्रश्न गर्न समेत जनतालाई आग्रह गरे ।

    पराजुलिले जनताको कसीमा सबै जनप्रतिनिधि जवाफदेही र खरो उत्रन सकुन भन्ने हेतुले आज जनतासँग जनप्रतिनिधिको सार्वजनिक सुनुवाइ गराएको बताए ।

    ‘संघीयताको तीन तहको सरकार सञ्चालन प्रणालीमा निर्वाचित भएर आफ्नो भूमिका निर्वाह गरिरहनुभएका प्रत्येक जननिर्वाचित प्रतिनिधिलाई हामीले आज अनुरोध गर्न खोजेको हो, ताकि जनताको कसीमा हामी सबैजना खरो उत्रिन सकौं ।’

    संघीय संसदमा निर्वाचित भएर गएका जनप्रतिनिधिको मुख्य कार्य नै संघ, प्रदेश, स्थानीय तहलाई आवश्यक पर्ने कानून निर्माण गर्ने रहेको उल्लेख गर्दै एक वर्ष बढीको समयमा दुईओटा मात्रै कानून निर्माण गरेकोप्रति आफैंलाई लाज लागेको बताए । जनतालाई जुन तहका लागि निर्वाचित गराएर पठाएको हो त्यो तहका जनप्रतिनिधिलाई आफैंले खबरदारी गरेर काम गर्न दबाब सिर्जना गर्न उनले आग्रह गरे ।

    काठमाडौंको निर्वाचन क्षेत्र नं ६ र ७ बाट प्रत्यक्ष निर्वाचित र समानुपातिक रुपमा चुनिएका रास्वपा प्रतिनिधिले आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग उनीहरुको सरोकारको विषयमा चासो दिएर सरोकारवाला निकायसँग समन्वयन गरी जनतालाई प्रश्न गर्ने वातावरण बनाएको हो । विभिन्न वडाका नागरिकले आ–आफ्नो क्षेत्रको समस्या र गुनासाहरु कार्यक्रममा सरोकारवालासँग राखेका छन् ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, पुष ०७, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.