×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग

  •  गोरखा समाचार
  • शनिबार, पुष ०७, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दिलकुमार लिम्बू/रासस

    फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन् ।

    पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमन टोलीले पाथीभरा क्षेत्र कोशी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्नेगरी केबलकार बन्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसका लागि आवश्यक वातावरण सिर्जना गर्न र कानुनी अड्चनहरु भए त्यसलाई फुकाई सरलीकृत गर्नसमेत सरोकारवालाहरुलाई सुझाव दिएको थियो ।

    सो समितिले स्थानीय नागरिक, राजनीतिक दलका स्थानीय नेता तथा प्रतिनिधि र अरू धार्मिक एवं पर्यटकीय सरोकारवालाहरुसँग समेत अन्तरक्रिया गरी राय लिएको र सबैले केबलकार निर्माण गर्नुपर्छ भन्ने सुझाव दिएपछि केबलकार निर्माणको प्रक्रिया तत्कालै अघि बढाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

    यसै विषयमा केन्द्रित रहेर शुक्रबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा उक्त केबलकारका लगानीकर्ता र जिल्लाका सबै सरोकारवालहरुसँग अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा सहभागी सबैले लामो समयदेखि यहाँ केबलकार बन्ने चर्चामात्र सुनिएको तर काम सुरु नभएको भन्दै निर्माणको काम तत्कालै अघि बढाउन माग गरेका थिए । उनीहरुले यस प्रदेशकै एक गौरवको आयोजना बन्न सक्ने र ताप्लेजुङका स्थानीयवासीहरुले प्रत्यक्ष लाभ लिनसक्ने यस आयोजना तत्कालै अघि बढाउनका लागि स्थानीय र प्रदेश सरकारसँग आग्रह पनि गरेका थिए ।

    सो अन्तरक्रियामा प्रतिनिधिसभाका सदस्य लीलादेवी बोखिमले आफ्ना घरआँगनमै यतिठूलो लगानीको आयोजना आउँदा स्थानीय नागरिक नै अघि सरेर सघाइ आयोजनालाई सफल बनाउनुपर्ने भन्दै केबलकार निर्माणको काममा अब ढिला गर्न नहुने बताउनुभयो ।

    उहाँले राज्य आफैँले अर्थात् तीनै तहको सरकारले लगानी गरेर केबलकार परियोजना निर्माण गर्न नसक्ने बताउनुहुँदै लगानी गर्न इच्छुक निजी कम्पनीलाई काम गर्ने वातावरणका लागि स्थानीय तयार हुनुपर्ने मात्र नभई आवश्यक सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले स्थानीय नागरिकले राखेका मागहरुका सम्बन्धमा लगानीकर्ता र उहाँहरु बस्नुपर्ने र त्यसका लागि पनि स्थानीय तहले सहजीकरण गर्नुपर्ने सुझाव दिनुभयो ।

    ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले यो आयोजना स्थानीय नागरिकले प्रत्यक्ष लाभ लिनसक्ने आयोजना भएकाले स्थानीयसँग समझदारी जुटाएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले आवश्यकताअनुसार निरन्तर छलफलमा बसेर सहमति जुटाई काम थाल्नमा ढिलो गर्न नहुने बताउनुभयो ।

    त्यसैगरी, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पनि केबलकार परियोजना निर्माण गर्नु जिल्लावासीको हितमा रहेको बताउनुभयो । व्यक्तिगत स्वार्थ र पुराना सोच राखेर अहिले विकास निर्माणका कामलाई कसैले पनि अवरोध गर्न नहुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “मुलुकका धेरै क्षेत्रतिर अहिले धमाधम पर्यटन पूर्वाधारहरु निर्माण भइरहेका बेला हामीले मुलुककै प्रसिद्ध धार्मिक पर्यटकीयस्थलमा केबलकार बन्न लागेको काममा बाधा उत्पन्न ग¥यौँ भने हामी आफैँ पछि पर्नेछौँ । त्यसैले सबै पक्ष बसौँ, आफ्ना कुरा राखौँ र समझदारी बनाई निर्माणको काम थालौँ ।”

    त्यसैगरी, नेपाली कांग्र्रेसका जिल्ला सभापति गजेन्द्र तम्याङ, नेकपा ९माओवादी केन्द्र०का कोशी प्रदेश सदस्य बमबहादुर भट्टराई, फुङ्लिङ नगरपालिकाका उपप्रमुख भिमादेवी ओझालगायतले स्थानीयका माग र उनीहरुका सुझावहरुलाई समेटेर एक साझा सहमति बनाई आयोजना निर्माणको काममा ढिला गर्न नहुने धारणा राख्नुभयो । कोशी प्रदेश अत्यधिक पर्यटकीय सम्भावना भएको क्षेत्र रहेको चर्चा गर्दै पर्यटन पूर्वाधार निर्माणका कामलाई अघि नबढाउने हो भने प्रदेशवासी नै पछि पर्ने पनि बतााउनुभयो ।

    उता पाथीभरा ९मुक्कुमलुङ० दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने केबलकार निर्माणको काम सुरु भएपछि १३ महिनाभित्रै परियोजना सम्पन्न गरिसक्ने बताउनुभयो । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा प्रस्ताव गरिएको केबलकार निर्माणको काम सुरु गरेको १३ महिनाभित्र सम्पन्न गरी केबलकार सञ्चालनमा ल्याइने अध्यक्ष ढकालको दाबी थियो ।

    उहाँले भन्नुभयो, “हामीसँग अनुभव छ, हामीले गर्दै पनि आएका छौँ । जस्तो कि गैँडाकोटको मौलाकालिका र बुटवलको लुम्बिनी केबलकार पनि हामीले निर्माण सुरु गरेको लगभग १३ महिनाभित्रै सञ्चालनमा ल्याएका हौँ । यहाँ पनि स्थानीयवासी र सरकारले हामीलाई वातावरण निर्माण गरिदिएको १३ महिनाभित्रै आयोजना सञ्चालनमा ल्याउँछौँ ।

    पाथीभरा केबलकार कोशी प्रदेशकै गौरवको परियोजना भएको उल्लेख गर्दै सबैभन्दा बढी लाभ ताप्लेजुङवासीलाई हुने भए पनि यो आयोजनाले कोशी प्रदेशलाई नै लाभ पुग्ने उहाँको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका ढकालले स्थानीयलाई रोजगारीसँगै यहाँको आर्थिक गतिविधि, पर्यटन विकास लगायतमा परियोजनाले ठूलो सहयोग पुग्ने दाबी पनि गर्नुभयो । उहाँले स्थानीयले उठाएका मागका बारेमा बसेर समझदारी गर्न सकिने भन्दै सामाजिक उत्तरदायित्व, परियोजनाको शेयर लगायतका विषय कानुनअनुसार पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

    यसबाट सर्वसाधारणलाई शेयर प्राप्त हुने बताउँदै उहाँले जनता, सरकार र समुदायलाई प्रत्यक्ष लाभ हुने तवरबाट केबलकार निर्माणको मोडल बनाएको र यो परियोजनाले प्राकृतिक, सांस्कृतिक र वातावरणीय समस्या निम्त्याउनेजस्ता कुनै पनि आशङ्का नपाल्नसमेत आग्रह गर्नुभयो ।

    यता केबलकार परियोजनाको विरोध गरिरहेको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले भने केबलकार निर्माण गर्न नहुने बताउँदै आएको छ । समितिका संयोजक श्री लिङ्खिमले लिम्बू समुदायको आस्था र ऐतिहासिकताको ख्याल गरेरमात्र परियोजना अघि बढाउनुपर्ने बताउनुभएको छ ।

    कस्तो बन्दै छ केबलकार ?

    कम्पनीका इञ्जिनियर विजय पौडेलका अनुसार काफ्लेपाटी डढेले छेउ मुख्य स्टेसन रहने केबलकारको डिजाइनअनुसार त्यहाँबाट करिब दुई हजार सात सय मिटर उचाइमा रहेको पाथीभरा क्षेत्रसम्म पुग्ने छ । मन्दिर आसपास कुनै संरचना नरहने र अहिलेको पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्वारबाटै तीर्थालु तथा दर्शनार्थी जान सकिने गरी केबलकार निर्माणको डिजाइन तयार भएको पौडेलले बताउनुभयो ।

    मुख्य स्टेसनबाट १० मिनेट २० सेकेण्डमा केबलकारको अन्तिम स्टेसन पुग्न सकिनेसमेत पौडेलले जानकारी दिनुभयो । केबलकारका लागि १३ वटा टावर निर्माण हुने पौडेलले जानकारी दिनुभयो । सो केबलकारमा ४५ वटा डब्बा रहने पौडेलले जानकारी दिनुभयो । केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक प्रवद्र्धनका लागि केबलकार लाभदायक बन्ने विश्वास राख्दै यसबाट पहिलो लाभ यहीँका स्थानीयलाई पुग्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “केबलकार निर्माण गर्दा त्यसमा आवश्यक पर्ने जनशक्तिका लागि स्थानीयलाई नै प्राथमिकता दिँदै आएको छौँ । हामी आफँैले खर्च गरेर स्थानीयहरुलाई आवश्यक तालिम दिएर पनि रोजगारीमा लगाएका छौँ ।”

    केबलकार बने पछि ताप्लेजुङमा पर्यटकहरु सङ्ख्यामा वृद्धि हुनाका साथै स्थानीय उत्पादनको बजारीकरण हुने सरोकारवालाहरुको भनाइ रहेको छ । देशैभरि र भारतबाट समेत वर्षमा लाखौँ भक्तजन पाथीभराको दर्शनका लागि आउने गरेका छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, पुष ०७, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.