काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज २ओटा खेल हुँदै छन् । शनिबार पहिलो खेल बुटवल लुम्बिनी एफसी र विरगंग युनाइटेड एफसीबीचको खेल १ बजेबाट सुरु हुनेछ ।
यस्तै, दोस्रो खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स आमने सामने हुँदै छन् । खेल दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुने छ ।
आज हुने खेलले झापा एफसीको प्लेअफ खेल्ने सम्भावनालाई टार्ने वा बलियो बनाउने निर्धारण गर्ने छ । शुक्रबार लिग चरणको आफ्नो अन्तिम खेलमा चितवन एफसीसँग २-० को पराजय भोगेपछि झापाको प्लेअफ सम्भावना कमजोर बनेको छ ।
शनिबार बुटवल र ललितपुर दुवै टिमले जित निकालेको खण्डमा मात्र झापाको प्लेअफको यात्रा सम्भव हुनेछ ।



