×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

लुटपाटपछि हत्या गर्ने २ जना ६ वर्षपछि प्रहरी नियन्त्रणमा

  •  गोरखा समाचार
  • बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । लुटपाटपछि हत्या गरेर फरार भएका २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । अर्घाखाँची सिद्धगंगा नगरपालिका-१४ का ३७ वर्षे जगत विश्वकर्मा र धादिङको मूलपानी घर भई हाल त्रिपुरासुन्दरी गापा-३ तल्लो पोखरा बस्ने ४६ वर्षे शिवराम अधिकारीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

    अधिकारीलाई विमानस्थलबाट हिजो पक्राउ गरिएको हो भने हत्यामा संलग्न भनिएका अर्का आरोपी विश्वकर्मा भने चोरी अभियोगमा जेलमै रहेको पाइएको प्रहरीले जनाएको छ ।

    बिहिबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरले ६ वर्ष अघि भएको लुटपाट र हत्या प्रकरणमा संलग्न रहेका उनीरुहलाई कतब्य ज्यान मुद्दामा नियन्त्रणमा लिइएको जानकारी दिए ।

    ‘२०७४ पुष ३० गते अन्दाजी ४ः ३० को समयमा काजी कामनपा बल्खु भूमेश्वरी मन्दिर पछाडि बोक्सी दह डाँडामा अन्दाजी ५० वर्षकी एक महिलालाई टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा मृत फेला पारिएको थियो ’ उनले भने, ‘घटनाको मुख्य योजनाकार जिल्ला धादिङ मूलपानी गाविस हाल त्रिपुरासुन्दरी गापा-३ तल्लो पोखरा बस्ने वर्ष ४६ का शिवराम अधिकारी, यो घटनाको उद्देश्य लुटपाट पश्चात हत्या भएको देखिन्छ ।’

    घटनाका मुख्य योजनाकार अधिकारी भने गत साउनदेखि नकाव चोरी मुद्दामा ३ वर्षको कैद भुक्तान गरिरहेको पाइएको प्रहरीले जनाएको छ । अनुसन्धान अधिकृत सुरक्षा केसीले, शिवराम अधिकारी नाम परिर्वतन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको उनले जानकारी दिइन् ।

    उनले भनिन्, ‘जगत विश्वकर्मा नेपाल फर्किने भन्ने गोप्य सूचनाको आधारमा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा २०८० पुष ४ गते पक्राउ परेको हो । शिवराम अधिकारी २०७९, ७ महिना २९ गते चोरी मुद्दामा ३ वर्ष कैद सजाय भई नाम परिवर्तन गरि अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको खुल्न आएको, २०८० साउन २४ गते अनुसन्धान पश्चात पीडितको जाहेरी लिई थप अनुसन्धानको लागि प्रहरी वित्त कालिमाटी पठाइएकोमा थप अनुसन्धान भइरहेको छ । र शिवराम अधिकारी हाल कारागारमा नै रहेको छ ।’

    अनुसन्धानको क्रममा शिवराम अधिकारीले नारायणी तिमल्सिनालाई भूपू आर्मीसँग बिहे गराई दिने प्रलोभनमा पारी लुटपाटपछि हत्या गरेको खुल्न आएको केसीले जानकारी दिइन् । उनले भनिन्, ‘अनुसन्धानबाट हालसम्म शिवराम अधिकारीले मृत्यु भएको महिला नारायणी तिमल्सिनालाई भूपू आर्मीसँग बिहे गराई दिन्छु भनी १५, २० हजार पैसा र गरगहना लगाई आउ भनेर फोन गरेर बोलाएको खुल्न आएको छ ।

    शिवरामसहित जगत विक नाम गरेको अर्को व्यक्तिको संलग्नता पनि खुलेको छ । ढुङ्गाले प्रहार गरेर उनीहरु मृतकले लगाएको गहना मुन्द्री र नगद लिएर फरार रहेका थिए ।’

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, पुष ०५, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.