काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बालुवाटारमा बैठक बस्दैछ । बैठक विहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवासमा बसेकाे हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचन, सरकारको १ वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफल हुने नेताहरूले जनाएका छन् ।
यसअघि बुधबारै त्यसबारे छलफल हुने भनिएपनि प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक स्थगित भएको थियो ।
दाहालको सचिवालयले भने यो आधिकारिक बैठक नभई दाहालले पार्टीभित्र अनौपचारिक छलफलका लागि बैठक राखेका हुन् । बुधबार पनि माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको थियो ।




















