काठमाडौं । सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५६५ निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपंन्छी विकास मन्त्रालयको प्रस्तावमा उखुको न्युनतम समर्थन मूल्य ५६५ रुपैयाँ तोक्ने निणर्य गरेको हो ।
साथै उखु कृषकलाई प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले अनुदान दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
शर्माले भनिन्, ‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा उखुको न्युनतम खरिद मूल्य जुन छ, त्यसलाई उद्योगले ५६५ प्रतिक्विन्टल दिनुपर्ने निर्णय भयो । र, उखु कृषकलाई ७० रुपैयाँ प्रतिक्विन्टल सरकारले अनुदान दिने भन्ने निर्णय भएको छ ।’


