×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

भारतविरुद्धको दोस्रो एक दिवसीयमा दक्षिण अफ्रिका ८ विकेटले विजयी

  •  गोरखा समाचार
  • बुधबार, पुष ०४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । भारतविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका ८ विकेटले विजयी भएको छ । भारतले दिएको २११ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४२.३ ओभरमा मात्र दुई विकेट गुमाएर भेट्टायो ।

    उसका लागि टोनी डी जोर्जीले अविजित रहँदै ११९ रनको शतकीय पारी खेले । १२२ बलको सामना गरेका उनले ९ चौका र ६ छक्का प्रहार गरेकाे थियाे । त्यसबाहेक रीजा हेन्ड्रिक्सले ५२ रनको अर्धशतकीय पारी खेलेर आउँट हुँदा रसी भान डेर डुसेन ३६ रनमा पेभेलियन फर्किए । एडन मक्रम २ रन बनाउँदै अविजित रहे ।

    भारतका रिंकु सिंह र अर्शदीप सिंहले समान १-१ विकेट लिए । त्यसअघि ग्वेराको सेन्ट जर्ज पार्कमा टस हारेर पहिला ब्याटिङमा तानिएको भारत ४६.२ ओभरमा अलआउट हुँदै मात्र २११ रनमा समेटियो ।

    उसका लागि साइ सुदर्शनले ६२ र केएल राहुलले ५६ रनको अर्धशतकीय पारी खेले । त्यसबाहेक अर्शदीप सिंहले १८, रिंकु सिंहले १७, सन्जु सामसनले १२, तिलक बर्माले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    दक्षिण अफ्रिकाका नान्द्रे बर्गरले ३, बिउरान हेन्ड्रिक्स र केशव महाराजले समान २-२ तथा लिजाड विलियम्स र एडेन मक्रमले समान १-१ विकेट लिए । यी दुई देशबीचको पहिलो एकदिवसीय खेल भारतले ८ विकेटले जितेको थियो । अहिलेको नतिजासँगै सिरिज १-१ को बराबरीमा पुगेको छ । तेस्रो एकदिवसीय खेल २१ डिसेम्बरमा हुनेछ ।

    दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतीय टोलीले अहिले तीन टी-२० खेल खेलिसकेको छ । जसमा पहिलो खेल पानीका कारण रद्द भएको थियो भने दोस्रो दक्षिण अफ्रिका र तेस्रो भारतले जितेको थियो । ३ खेलको एक दिवसीय सिरिज सकिएपछि यी दुई देशबीच २ खेलको टेस्ट सिरिज पनि हुनेछ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    बुधबार, पुष ०४, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.