काठमाडौं । बारामा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा परि ३ जनाको ज्यान गएको छ । दुर्घटनामा परि अन्य २७ जना घाइते भएका छन् ।
झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान अमलेखगञ्जस्थित ३ नम्बर पुल नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का १ पुरुषको ज्यान गएको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बताए ।
घाइतेहहरूको हेटौंडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


