गोरखा । उत्तरी गोरखाको बिहीका हिजो साँझ भिरबाट खसेको ढुङ्गाले लागेर खच्चड मालिक गंभिर घाईते भएका छन् । घाईते हुनेमा धार्चे गाँउपालिका–५ माछाखोला निवासी ३५ बर्षिय केमी गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
चृुमनुब्री गाँउपालिका–५ को बिहिबाट माछाखोला तर्फ आउने क्रममा मंगरबार साँझ पान्द्रङ भिरबाट खसेको ढुङ्गाले लागेर गुरुङ ५० मिटर तल भिरमा खसेका थिए । उनलाई स्थानियले देखेर हिजै नै उद्वार गरी बिहीको स्वास्थ्य चौकीमा सामान्य उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
ढुङ्गाले लागेका गुरुङ बायाँ खुट्टा भाँचिएको गोरखा प्रहरीले जानकारी दिएको छ । उनको हेली मार्फत उद्वार गर्ने प्रयास भईरहेको छ । उत्तरी गोरखामा बिहानैदेखी मौसम प्रतिकुल भएका कारण राजधानीबाट हेली उड्न नसेको पनि प्रहरीले जानकारी दिएको छ ।


