गोरखा । गोरखा सदरमृुकामको एक घरमा आगलागी भएको छ । गोरखा नगरपालिकाको–७ स्थित मसारमा आज बिहान स्थानीयबासी रामबहादुर बयलकोटीको घरमा आगलागी भएको हो ।
आगलागीबाट बयलकोटीमा घरमा रहेको अन्नबाली लत्ताकपडा सहित घर जलेर क्षति पुगेको छ । घरमा आगलागी भएपछि स्थानीयबासी, सुरक्षाकर्मी लगायत मिलेर आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीको कारण खुल्न सकेको छैन । घटनाको अनुसन्धान र क्षतीबो विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


