काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत सोमवार भएको धनगढी एफसी र काठमाडौँ रेजर्सबीचको खेल बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सम्पन्न खेलमा धनगढी र काठमाडौंबीचको खेल १-१ गोलको बराबरी सकिएको हो ।
यससँगै दुवै टोलीले १-१ अंक बाँडेका छन् । खेलमा पहिलो अग्रता भने धनगढीले लिएको थियो । खेलको १५औँ मिनेटमा धनगढीका अहमद हिजाजीको गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाए ।
त्यस्तै, खेलको ६६औँ मिनेटमा काठमाडौंले बराबरी गोल गर्यो । काठमाडौँको तोजीदिनोभको क्रसमा किङ्गे ओलिभरले हेडरमार्फत गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेल १-१ गोलको बराबरीमा सकियो । यस खेलसँगै धनगढीले ६ खेलको समाप्तिमा १२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ । काठमाडौँ पाँच खेलमा ९ अङ्कसहित अंक तालिकाको चौथो स्थानमा यथावत् रहेको छ ।




















