मन्थली । लिखुतामाकोशी गाउँपालिका-७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।
सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुब्यवहार गरेको आरोपमा पक्राउ परेको प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताए ।
पीडित छात्राले आफुमाथि शिक्षक सार्कीले यौन दुब्यवहार गरेकाले कारबाहीका निम्ति निवेदन परेपछि शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले जानकारी दिए ।
रामेछाप प्रहरीले दिएकाे जानकारी अनुसार आराेपितले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र दिने बहानामा निजमाथि यौन दुर्व्यवहार गरेका थिए ।




















