गोरखा । किशोरीलाई बलात्कार आरोपमा राजधानीबाट गोरखा घर भएका एक जनालाई प्रहरीले पक्राउ परेका छन् । पक्राउ पर्नेमा अजिरकोट गाउँपालिका–५ मुच्चोकका भूमिनन्द देवकोटा भएको पुष्टी भएको छ ।
देवकोटाले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । देवकोटालाई प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
पक्राउ गरेका देवकोटा नेकपा माओवादी केन्द्रका नेता समेत हुन् । हिसिला यमी मन्त्री हुँदा उनि स्वकीय सचिव थिए । तर यमीले माओवादी छाडे पनि देवकोटा भने माओवादीमै रहेका थिए ।
काठमाडौँ महानगरपालिका–३२ को पेप्सीकोलास्थित आफ्नै घरमा बस्ने ती किशोरीलाई १ वर्षदेखि धाकधम्की, लोभलालच दिएर बलात्कार गदै आएको प्रहरीमा दिएको उजुरी उल्लेख गरिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



