गोरखा । ग्रीस पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा गोरखा पालुङटारका एक व्यक्ति राजधानीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङ्टार नगरपालिका–९ मिरकोट घर भई हाल काठमाण्डौ बस्दै आएका ५० बर्षीय होमबहादुर तामाङ भएको प्रहरीले जनाएको छ ।
‘उनी संगै ठगी आरोपमा लक्ष्मण सापकोटा पनि पक्राउ परेका छन् । दुवै जनालाई बैदेशिक रोजगारीको लागि ग्रिस पठाइदिन्छु भन्दै प्रतिव्यक्ति १० लाख ५० हजार असुल गरेको गुनासो उजुरी परेपछी दुवैलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डौका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।
उनीहरुले ग्रीस रहेको एक प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइदिने आश्वासन दिदै रकम असुल गरी फरार रहेका थिए ।
तामाङलाई काठमाण्डौको महाराजगंजबाट पक्राउ गरी आवश्यक कारवाहीका लागी बैदेशिक रोजगार बिभागमा पठाइएको छ ।



