साँकेतिक तस्बिर
कावासोती । नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कमिटीका सचिवालय सदस्य एवं विनयी त्रिवेणी गाउँपालिकाका इञ्चार्ज सुरजकुमार कोहारको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाटबाट त्रिवेणी स्थिति आफ्नै निवासमा फर्किंदै गर्दा लु ५२ प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पटिँदा उनको ज्यान गएको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताए ।
दुर्घटनामा परी गंभिर घाईते भएका ४८ वर्षीय कोहारलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल पु¥याइएकामा चिकित्सकले मृत घोषित गरेका थिए । उनको शरीरमा बाहिरी चोट नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।




















