×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५८ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

धार्चे सदरमुकाम माछाखोलामा सिसिटिभी क्यामेराको निगरानीमा

  •  गोरखा समाचार
  • आइतबार, पुष ०१, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । उत्तरी गोरखाको धार्चे गाँउपालिकाको सदरमुकाम माछाखोलालाई सिसिटिभी क्यामेराको निगरानीमा राखिएको छ । धार्चे गाँउपालिका–५ को माछाखोला बजारलाई गएको शुक्रबारदेखी सिसिटिभी क्यामेरा जडान गरी निगरानीमा राखिएको पालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

    बजारको बिस्तार संगै सुरक्षा चुनौती बढेको र थोरै सृुरक्षाकर्मी बिच बजारलाई सुरक्षित राख्नु पर्ने कारण पालिकाले बजार क्षेत्रको ७ फरक स्थानमा क्यामेरा जडान गरी निगरानी गर्न थालिएको अध्यक्ष गुरुङले बताए । ‘बजार बिस्तार भए संगै सुरक्षा चुनौती पनि बढ्दै गयो’ उनले भने ‘सुरक्षा चुनौतीलाई कम गर्न क्यामेरा जडान गरेका हौ ।’ उनका अनुसार आवश्यता अनुसार अझै बजार क्षेत्रमा क्यामेरा थप गर्दै लगिने छ ।

    पहिलो पटक जडान गरिएको क्यामेराले बसपार्क क्षेत्रमा २, रेसेखोला क्षेत्रमा १, जनजागृती स्कुल तथा सो क्षेत्रमा रहेको बजार समेटने गरी १, पालिका भवन क्षेत्रको उत्तर दक्षिण बजार समेटनेगरी २ र तल्लो बजार क्षेत्रमा १ वटा गरी ७ वटा तथा पालिका भित्रै ४ वटा सहित ११ वटा क्यामेरा जडान गरिएको छ ।

    २४ सै घण्टा सञ्चालनमा आउने गरी क्यामेरा जडान गरिएको प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले बताए । ‘पहिलो पटक जडान गरिएको क्यामेरा दिन रात चल्ने गरी जडान गएिको’ भन्दै अधिकृत सुनारले भने ‘रात दिन चल्नका लागि बिद्युतको समस्या हुने देखिएपछी सोलार राखेका छौ ।’

    जडान भएका मध्ये ७ वटा क्यामेराले बजार क्षेत्रको अनुमगन गर्न सहज हुने छ भने बाँकी ४ क्यामेराले भने कार्यालयको आन्तरिक कामको निगरानीका लागी जडान गरिएको अधिकृत सुनारले बताए । ‘बजार बाहेक पनि कार्यालयको आन्तरिक कामको अनुगमन गर्न क्यामेरा जडान गरिएको छ’ उनले भने ‘कार्यालय भित्र जडान गरिएको क्यामेराले भने कर्मचारीहरुको सेवा प्रवाह कस्तो रह्यो भनेर हेर्नका लागी भएको जडान गरिएको हो ।’

    बजार क्षेत्रमा रातको समयमा पनि सहजै देखिने गरी जडान गरिएका युएनभिका क्यामेराहरु चार एमपीको भएको प्राविधिक सहयोग उपलब्ध गराएको सन टेक्नोलोजी काठमाडौंका सञ्चालक मध्येका एक नारायण भट्टले जानकारी दिए ।

    क्यामेराको निगरानी भने पालिका भित्रैबाट अध्यक्ष गुरुङ र प्रमुख प्रशासकिय अधिकृत सुनारले गर्ने पनि पालिकाले जानकारी दिएको छ ।

    जडान गरिएकालागी पालिकाले ५ लाख रुपैयाँ खर्च भएको लेखा शाखाले जानकारी दिएको छ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    आइतबार, पुष ०१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.