दमौली । आँबुखैरेनीबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग. २ ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
घाइते हुनेमा तनहुँ भानु नगरपालिका–१ साजबोटेका १० वर्षे असिमा साही, भानु नगरपालिका–३ चाम्बासका २१ वर्षे सबिता सुनार, १९ वर्षे सबिना सुनार, मोरङ कटेरी गाउँपालिका–२ का ३० वर्षे प्रदीप गोदार छन् ।
त्यस्तै भोजपुर टेम्केमैयुङ गाउँपालिका–९ हिलेखर्कका ४० वर्षे सुरन राई, व्यास नगरपालिका–२ का ३४ वर्षे पिल्लिमाया थापा, बन्दीपुर गाउँपालिका–१ का ५२ वर्षे ज्ञानदेवी श्रेष्ठ र २० वर्षे स्नेहा श्रेष्ठ, व्यास नगरपालिका–२ का २१ वर्षे एन्जल भट्टराई, आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका ४१ वर्षे पूर्णबहादुर गुरुङ पनि घाइते भएका छन् ।
साथै भानु नगरपालिका–१ साझबोटेका २६ वर्षे बबिता थापा, ३० वर्षे नविन थापा, १२ वर्षे दुर्गा थापा, ७ वर्षे नविना थापा, व्यास नगरपालिका–२ डाङग्रे खोल्सीका ४० वर्षे दीपा थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका–९ हिलेखर्कका ५० वर्षे सुमित्रा राई, व्यास नगरपालिका–११ मूलपानीका ३६ वर्षे जुनु भट्टराई र ८ वर्षे पूर्णिमा भट्टराई छन् ।
घाइतेमध्ये १० जनाको दमौली अस्पतालमा र ८ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।




















