साँकेतिक तस्बिर
तनहुँ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–७ सेराडी बस्ने ७३ वर्षीय रनबहादुर सारूलाई प्रहरीले पक्राउ गरेको छ ।
सारूले ती बालिकालाई विभिन्न प्रलोभनमा पारी ललाई फकाई आफ्नै घरको कोठामा लगी जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ ।
घटना पछी बालिकाका आफन्तले प्रहरीमा उजुरी दिए पछी सारुलाइ ईलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।



