गोरखा । उत्तरी गोरखाको सिर्दीबासमा रहेको बुद्व माध्यामिक बिद्यालयको बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । चुमनुब्री गाँउपालिका–३ को सिर्दिवासमा रहेको बुद्द माविको ४७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
२ दिनसम्म चलेको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बीरवल घलेले जानकारी दिए । घलेका अनुसार बार्षिक उत्सव तथा अभिभावक दिव मंसिर २५ गते सुरु भएर २६ गते सम्पन्न भएको थियो ।
अध्षक्ष घलेको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर प्रावि हाजिर जवाफ प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, भलिवल तथा विभिन्न खेलकुद प्रतियोगीता पनि सञ्चालन गरिएको थियो ।
प्रतियोगितामा बिजयी भएको समूहलाई प्रमुखमा अतिथि एवं चुमनुब्री गाँउपालिकाका उपाध्यक्ष लक्ष्मी गुरुङले पुरस्कार बितरण गरेकी थिइन ।
कार्यक्रममा वडा नं ३ अध्यक्ष रामकुमार गुरूङ, कार्यपालिका सदस्य तथा वडा सदस्यहरू, जिल्ला खेलकुद परिषदका अध्यक्ष शान्तसिं बस्नेत, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रतिनिधि ईश्वर गुरूङ, आमा समुह, युवा क्लव, नेपाली सेना, नेपाल प्रहरीका प्रमुख तथा प्रतिनिधीको उपस्थिति रहेको थियो ।



