×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५७ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

कांग्रेसले भूकम्प प्रभावितका लागि बनाईदियो थप ५० टहरा

  •  गोरखा समाचार
  • बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । जाजरकोट भूकम्पबाट पीडितहरूकालागि १ हजार वटा अस्थायी आवास निर्माण गर्ने घोषणा गरेको कांग्रेसले रुकुम पश्चिममा थप ५० वटा टहरा निर्माण गरी हस्तान्तरण गरेको छ ।

    केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी नेतृत्वको टोलीले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ५० वटा अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको हो ।

    ‘म आफैँ पनि १० दिनसम्म फिल्डमा खटिएँ, हामीले दुई चरणमा गरेर ५० वटा अस्थायी आवास निर्माण गरी पीडितलाई हस्तान्तरण गरेका छौँ,’ केन्द्रीय सदस्य शिवाकोटीले भने ।

    उनका अनुसार वडा नं. ११ मा २१ वटा, वडा नं. १२ मा ४ वटा, वडा नं. १३ मा ६ वटा र वडा नं. १४ मा १९ अस्थायी आवास निर्माण गरिएको छ । ‘भूकम्पको यति लामो समय भइसक्यो, तर अझैपनि पीडितसम्म सरकार पुगेको छैन, एकल महिला, बृद्धबृद्धा, अभिभावक गुमाएका, अपाङ्गता भएका र परिवारका सदस्य विदेशमा भएकाहरूलाई सामान्य टहरो ठड्याउन पनि सकस परेको छ,’ उनले भने, ‘हामीले त्यस्तै परिवारलाई प्राथमिकतामा राखेर काम गरेका छौँ ।’

    सरकारी राहत नपुगेको गाउँमा केन्द्रीय सदस्य शिवाकोटीले अस्थायी आवास बनाउन पीडित परिवारलाई भार नपर्ने गरी व्यवस्था गरी निर्माण गरेको बताए । सरकारले अस्थायी आवास तत्काल ५० हजार रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो । तर त्यो रकम पीडितको हातमा अहिलेसम्म पनि पुगिसकेको छैन ।

    नेता शिवाकोटीले आफूहरूले पार्टीकै संयन्त्रमार्फत् देश विदेशबाट सहयोग रकम संकलन गरी आवास खडा गरेको बताए । कांग्रेस भूकम्प लगत्तै महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई प्रभावित क्षेत्रमा अनुगमन र सहजीकरणकालागि खटाएको थियो ।

    फर्किएर आउँदा महामन्त्रीद्धय थापा र शर्माले अस्थायी आवास बनाउन तत्काल अनुदान दिन सिफारिस गरेका थिए भने कांग्रेस आफैँले १ हजार वटा अस्थायी आवास बनाउने घोषणा गरेका थिए ।

    त्यसयता कांग्रेसका केन्द्रीय सदस्यहरूसहितको टोलीले निरन्तर आवास निर्माण गरिरहेको छ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.