साँकेतिक तस्बिर
भोजपुर । आफ्नै छोराले कुटपिट गरी हत्या गरेको आरोपमा खावाका १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका–५ खावा बस्ने २० बर्षका सन्देश राई भएको प्रहरीले जानकारी दिएको छ ।
उनले आफ्नी आमा ४६ वर्षीया पबित्रादेवी राईलाई कुटपि६ गर्दा गंभिर घाईते भएकी थिइन । गंभिर घाईते भएकी पबित्राको उपचारको लागी जिल्ला अस्पताल भोजपुर तर्फ लाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
घरायसी बिवादमा सन्देशले मंसिर ९ गते कुटपिट गरेको र सोही कारण बिरामी भएकी पबित्राको उपचारको लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा आइतबार दिउँसो बाटोमै ज्यान गएको थियो ।
सन्देशलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । घटना लगत्तै उनी फरार भएका थिए ।




















