काठमाडौं । दुबईमा जारी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत भारतसँग नेपालले १० विकेटको लज्जास्पद हार व्यहोरेको छ ।
नेपालले दिएको ५३ झिनो लक्ष्य भारतले विना कुनै क्षति पुरा गर्यो । भारतले ७.१ ओभरमा निर्धारित लक्ष्य पुरा गरेको हो ।
भारतका ओपनर ब्याट्सम्यान आदर्श सिँहले १३ रन र अश्र्विन कुलकर्नीले ४३ रन बनाए । उनले ३० बलमा ५ छक्का र १ चौकाको मदतमा ४३ रन बनाए ।
पहिले ब्याटिङको निम्तो पाएको नेपालले खराब प्रदर्शन गर्यो । नेपालले २२.१ ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्र बनाउन सक्यो ।
नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । अंक तालिकाको पुछारमा रहेको नेपालको रन रेट समेत ऋणात्मक छ ।
आजको जितसँगै भारत समूह ए को शिर्ष स्थानमा उक्लिएको छ । ३ खेलमा २ मा जित र १ मा हार व्यहोरेको भारतको ४ अंक छ । त्यस्तै पाकिस्तान दोस्रो र बङ्लादेश तेस्रो स्थानमा छ ।




















