काठमाडौं । दुबईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । समूह चरणका २ खेलमा पराजित नेपाललाई भारतविरुद्ध जित्नैपर्ने दबाब रहेको खेल नेपाली समय अनुसार ११ः१५ मा सुरु हुने छ ।
१ खेलमा हार र १ मा जित निकालेको भारतसमेत दोस्रो चरण प्रवेशका लागि खेल जित्नैपर्ने दबाबमा छ । आजै समूह ‘ए’ को अर्को खेलमा अफगानिस्तानले पाकिस्तानको सामना गर्दैछ ।
नेपाल यसअघि पाकिस्तानसँग ७ विकेट र अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । समूह ‘ए’मा रहेका नेपाल, पाकिस्तान, भारत र अफगानिस्तानले २-२ खेल खेलिसकेका छन् ।
पाकिस्तानले दुवै खेलमा जित निकाल्दै ४ अंक जोडेको छ भने भारत र अफगानिस्तानले २-२ अंक जोडेका छन् । नेपाल भने अंकबिहीन छ ।
समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । मंसिर २९ गते सेमिफाइनलका २ खेल हुनेछन् भने पुस १ गते फाइनल हुँदैछ ।




















