गोरखा । तमू युवा ह्युल छोंज धिंको केन्द्रिय महिला उपाध्यक्षमा गोरखाकी प्रमिला गुरुङ निर्विरोध निर्वाचित भएकी छिन । गुरुङ पालुङटार नगरपालिका–२ आँपपिपल निवासी हुन् ।
पर्यटकिय नगरी ईलाममा मंसिर २२ गतेदेखी २४ गतेसम्म भएको दोस्रो महाधिवेशन बाट गुरुङ महिला उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको तमू युवा ह्युल छोंज धिं केन्द्रिय कार्य समितिका महासचिव मनराज गुरुङले जानकारी दिए ।
त्यस्तैगरी, कार्य समिति सदस्यमा गोरखाका सुशिल गुरुङ पनि चयन भएको महासचिव गुरुङले जानकारी दिए ।
३ बर्षे कार्यकाल भएको समितिको अध्यक्षमा भने तोरण गुरुङ, उपाध्यक्षमा सर्वजित गुरुङ, महासचिवमा मनराज गुरुङ, उप–महासचिवमा दिनेश गुरुङ चयन भएका छन् । महाधिवेशनले प्रदेश प्रमुख तर्फ अर्जुन गुरुङ (तमूवान) र सुकमाया गुरुङ (मगरात–थरुहट) चयन भएका छन् ।
समितिको सदस्यहरुमा कृष्ण गुरुङ ईलाम, बिक्रम गुरुङ सुनसरी, विशाल गुरुङ प्युठान, अर्जुन गुरुङ रुपन्देहि र कृष्ण गुरुङ लमजुङ चयन भएका छन् ।


