साँकेतिक तस्बिर
गोरखा । गोरखाको एक कालिज फर्ममा चितुवा पसेको छ । चितुवाले के कती संख्यामा कालिज नोक्सानी गर्यो भन्ने विवरण आउन बाँकी रहेको डिभिजन बन कार्यालय गोरखाले जनाएको छ ।
पालुङटार नगरपालिका–९ को लामगरा, बैरेनी भन्ने स्थानमा रहेको गोरखा अर्गानिक एग्रो फर्ममा आइतबार राती चितुवा पसेको बन अधिकृत अर्जुन अच्छामीले जानकारी दिए । उनका अनुसार चितुवालाई प्राकृतिक रुपमा नै जंगल जान दिएको र अहिले जनप्रतिनिधीको रोहबरमा क्षतीको विवरण संकलन गर्न थालिएको छ ।
अधिकृत अच्छामीका अनुसार क्षतीको विवरण आउन केही समय लाग्ने बताए ।


